एक वर्षमा नेपालबाट भारत र बङ्गलादेशमा साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।