रुपन्देही । जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन् । ‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ ।