फिक्कल (इलाम) । गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका–३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका हुन् ।