काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘लिडसिप एक्सिलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । ‘लायन वर्ष : लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।