बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, विजेता तस्बिरहरू ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शनीमा

काठमाडौं ।  बजाज नेपालले आयोजना गरेको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाको प्रतिनिधित्व गर्ने तस्बिरहरू पठाउन आमन्त्रित गरिएको थियो, जसले नेपाली संस्कृति र बाइकप्रेमीहरूको समर्पणलाई उजागर गरेको छ। ७० भन्दा बढी सहभागीहरूमध्येबाट कलात्मक, सिर्जनात्मक र भावनात्मक पक्षले भरिएका तस्बिरहरू प्राप्त भएका थिए।