सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से २६१०.७६ विन्दुमा

काठमाडौं । गत सातादेखि लगातार घट्न थालेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३.४४ अंकले घटेर २६२०(३९ विन्दुमा बन्द भएको थियो ।