बालेनले गरीखान नदिएको भन्दै व्यवसायीले गरे मन्त्री गुप्तासमक्ष ज्यानको सुरक्षा गरिदिन आग्रह

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरी खाने वातावरण नदिएको भन्दै समाजले आज (सोमबार) मन्त्री गुप्तालाई ज्ञापनपत्र बुझाएको हो ।