कम पानी परेको मधेशमा साउन मध्येसम्म ५७ प्रतिशत मात्र रोपाईँ, कुन प्रदेशमा कति?

काठमाडौं । काम पानी परेको मधेश प्रदेशमा साउनको मध्ये (साउन १८) गतेसम्म आइपुग्दा ५७ प्रतिशत रोपाईँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबैभन्दा कम वर्षा भएकै कारण मधेशमा कम वर्षा भएको हो । सुदूरपश्चिम प्रदेशमा सतप्रतिशत रोपाईँ सम्पन्न भइसकेको छ ।