नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस ०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ अफरसहित एस ०७ आईसीए सार्वजनिक गरेको हो ।