खाद्य निर्यातमा सहजीकरण, भारतले पनि प्रमाणपत्र मान्यता दिने

काठमाडौं । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।