बेरुजु फछ्र्यौटको गति सुस्त भएको प्रति राजस्व सचिवकै चिन्ता

काठमाडौं । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ । बैठकमा आर्थिक वर्षको बेरुजु तथा राजस्व संकलनका विषयमा केन्द्रित भएर विस्तृत छलफल गरिएको हो । बैठकमा बोल्दै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले बेरुजु फछ्र्यौटको गति सुस्त भएको बताए ।