काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)द्वारा आयोजना गर्न लागिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइयो। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोमा ३५ ओटा ब्राण्डका सवारी साधन सार्वजनिक गरिने जानकारी दिए।