चार हजार बढी विदेशी पर्यटक पुगे उपल्लो मुस्ताङ, २९ करोड राजस्व

मुस्ताङ । आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले २९ करोड ११ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेवापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व सङ्कलन गर्न सफल भएको हो ।