विश्व बैंकले नेपाललाई दिने ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्यायो

काठमाडौं । विश्व बैंकले यही जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।