रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ ।