काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ता अनन्त लुइँटेलले थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । लुइँटेलद्वारा दायर रिट निवेदनमा मंगलबारको पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको हो ।