खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाए । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनुभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवै रुपमा कमजोर छिन् । बुबाको अप्राकृति मृत्युपछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ ।