दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग, कुन लक्ष्य पूरा गर्न कति लगानी आवश्यक ? 

काठमाडौं । दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे सात खर्बभन्दा बढीको लगानी अपुग रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदनअनुसार तोकिएको समयमा एसडिजी पूरा सन् २०३० सम्ममा हरेक वर्ष औसत ३० खर्ब २४ अर्ब लगानी आवश्यक पर्नेछ ।