‘नेपाल चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छ’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दैजानुपर्ने धारणा राखेका छन् । ‘नेपाल(चीन बौद्ध संस्कृति र कला’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो गोष्ठी नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा रहेको बताए ।