काठमाडौं । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिंह राउतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् । बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर उनले बाँसका सामग्री हस्तान्तरण गरेका हुन् ।