कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले कृषिप्रधान देश राजनीतिका कारण ‘कुर्सीप्रधान देश’ भएको उल्ल्लेख गर्दै सरकारको कडा आलोचना गरे । कुर्सीको लागि हानथाप भैरहँदा जलस्रोतको धनी देश सुख्खाको चपेटामा परेको सांसदको टिप्पणी छ ।