काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँचमार्फत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र शाश्वत समृद्धि ल्याउने मूल उद्देश्यका साथ २०६५ साउन ९ गते स्थापना भएको बैंक १८औं वर्षमा प्रवेश गरेको हो ।