साइमेक्स इन्कद्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

काठमाडौं । चीनको अग्रणी विद्युतीय सवारीसाधन निर्माता बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि.ले आज नेपालमा नयाँ बीवाईडी सिलायन सेभेन (७) सार्वजनिक गरेको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो मोडेलले नेपाली प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा नयाँ अध्याय थपेको छ।