काठमाडौं – आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि नेपालमा टोयोटा सवारी साधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेट (UTS) ले विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म (अगस्त ६–१०) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ अभियान प्रस्तुत गर्दैछ।