काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ती संस्थाहरूको सेयर मूल्य समायोजन गरेको छ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले १३.५० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यसको समायोजित मूल्य ८४६.०३ कायम गरिएको छ। यसअघि कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रहेको थियो।