काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन्। मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।