बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट

खोटाङ । बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । विसं २०८१ असोज–१२ गते आएको बाढीपहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि मर्मत सम्भार तथा पुनःनिर्माण कोषको सिफारिसको आधारमा कोशी प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो ।