काठमाडौं : पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले चितवन बछौलीका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो।दराईलाई रुपन्देहीको बेलहियास्थित सडकखण्डबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। दराईविरुद्ध गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला भएको पाइएको छ।दराईले २०६७ मंसिर १३ गते गोरखा फिनामकी ५३ वर्षीय चिनी माया माण्डेको घाँटी थिचेर हत्या गरेका थिए।