शेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

 काठमाडाैं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नरेन्द्रप्रसाद साहको जाहेरीअनुसार ६ करोड ४० लाख रुपैयाँ ठगी गरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जोहरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।