तनहुँको व्यास नगरपालिकाद्वारा १८ लाख बढी छात्रवृत्ति वितरण

तनहुँ । व्यास नगरपालिका कार्यालयले २०८१0-८२ मा २०६ विद्यार्थीलाई रु १८ लाख ४८ हजार ५०० छात्रवृत्ति वितरण गरेको छ । कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई रु ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई रु आठ हजार ५०० का दरले छात्रवृत्ति प्रदान गरेको हो ।