काठमाडाैं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट सवारी उत्पादन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा अवस्थित जियाओमो उत्पादन केन्द्रमा कम्पनीले याङवाङ यु७ मोडललाई माइलस्टोन सवारीको रुपमा सार्वजनिक गर्दै सो उपलब्धिको उत्सव मनाएको हो।