संस्कृति र खेलको संगम झल्काउने लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच नयाँ लोगो सार्वजनिक गरेको छ। टिमका अध्यक्ष ईश्वर बहादुर जिसीले लोगो अनावरण गर्दै यसले लुम्बिनीको सांस्कृतिक गरिमा र खेलकुदको जोशलाई एउटै प्रतीकमा समेटेको बताए।