मलेसियाली ब्राण्डको सनबिम तेल नेपालमा भित्रियो

काठमाडौं । नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन शाइन नेपाल ट्रेडिङ कम्पनी प्रालिले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ । सनबिम खानेतेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो ।