एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने छन् ।