बामदेवलाई भित्र्याउँदै नेपालले भने – कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । शुक्रबार नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमलाई नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् ।