‘सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्दा पीडितले न्याय पाउँछन्’

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्दा पीडितले चाँडो न्याय पाउने बताएका छन् । आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा आज आयोजित एक कार्यक्रममा उनले झट्ट सुन्दा सरकारवादी फौजदारी मुद्दामा मिलापत्र हुन्छ! भन्ने जस्तो लागे पनि मिलापत्र पीडितमैत्री नै हुने गरेको उनको भनाइ छ ।