नेपालमा टेलिग्राम एप बन्द, गम्भीर अपराधका घटनामा संलग्न पाइएको आरोप

काठमाडौं । सरकारले नेपालमा टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो । उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ जस्ता अपराधिक कार्य हुने गरेको पाइएको भन्दै प्राधिकरणले एपमाथि आरोप लगाएको छ ।