काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधार बस्ने ५० वर्षीया तेजुमाया गुरुङलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।