काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको यो मेला वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। महासंघले मंगलबार टेकुस्थित सचिवालयमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारीबारे जानकारी गराएको हो।