काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले टिम नेपाललाई बधाई दिँदै खेलाडीहरूको अथक परिश्रम, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्।