काठमाडौं (हाम्रो खेलकुद) – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान विजयी भएका छन्। ट्रेलमान्डु नेपालको आयोजनामा शनिवार भएको २१ किलोमिटरको रेसमा डेनियलले २ घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए ।