काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोली छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय अनुसार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो।