काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन शेर्पा क्लबकाअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेका ९ वटा क्लबले सहिद स्मारक ए डिभिजन लिग सन्चालनको सुनिश्चितताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सामू ११ बुँदे सुझाव पेश गरेको छ। होम एन्ड अवेका आधारमा लिगको प्रस्ताव गरिसकेको एन्फाले छलफलका लागि १३ ए डिभिजन टोलीलाई आइतवार बैठक डाकेको छ।