‘टियु क्रिकेट मैदान सरकारको प्राथमिकतामा’ मन्त्री घिसिङ

काठमाडौं (हाम्रो खेलकुद)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निरीक्षण गरेका छन्। निरीक्षणपछि मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।