काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यु २३ टोली सहभागी हुने प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइने विराटनगर किंग्सले जनाएको छ।