नुवाकोटमा माइक्रोबस दुर्घटना, ११ जना घाइते

काठमाडौँ । नुवाकोटमा सोमबार दिउँसो हायस माइक्रोबस दुर्घटना भएको छ । ग१ख ४५३५ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

हायस सडकदेखि करिब १०० मिटर तल खसेको उनले बताए । शिवपुरी गाउँपालिकाअन्तर्गत टोखा–छहरे सडकखण्डमा पर्ने अदुवाबारी भन्ने स्थानमा हायस दुर्घटना भएको उनले जानकारी दिए ।