त्रिविको आजको परीक्षा स्थगित, पूर्वाञ्चल विश्वविद्यालयमा भोलिको पनि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय भएको सम्पूर्ण परीक्षा स्थगित गरेको छ।

मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबारको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ।

आंशिक तर्फको बीए, बीड। बीबीएस र बीएस्सीको परीक्षा पनि स्थगित गरिएको छ। यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले जनाएको छ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ। त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगित गरेको हो। 

व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षाशास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षा सञ्चालन भइरहेको छ।