विराटनगर - धमाधम प्रदेश अधिवेशन गरिररहेको नेकपा एमालेको कोशी अधिवेसन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।
भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।
आजदेखि सुरु हुने अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ। सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।