काठमाण्डौँ - कलाकार सिपी लोहनीको निधन भएको छ ।
उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।
नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन् । उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए ।
८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन् ।