काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी हटाउन परिपत्र गरेका थिए ।
उनको निर्देशन बमोजिम काठमााडौँमा खटिएका एक सय आठ जना प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ ।
तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए ।
उनीहरु यसअघि सूचना संकलनका लागि सादा पोशाकमा घुमुवाको रुपमा खटिँदै आएका थिए ।